+
+

माओवादी रुपान्तरण अभियानमा को पदाधिकारी कहाँ जाँदै ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते १५:१५

१५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको शनिबारदेखि सुरु हुने तीन महिने रुपान्तरण अभियानमा पार्टी सबै पदाधिकारीलाई देशभरका विभिन्न वडामा जिम्मेवारी तोकिएको छ ।

पार्टीको १७ देखि २१ साउनमा सम्पन्न चौँथो पूर्ण केन्द्रीय समिति बैठकले तय गरेको जनतासँग माओवादी विशेषण रुपान्तरण अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि केन्द्रीय सदस्यसम्मलाई विभिन्न वडामा जाने गरी खटाइएको छ ।

शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट भर्चुल उदघाटन हुने अभियानपछि नै अध्यक्ष प्रचण्ड आफ्नो जिम्मेवारी परेको वडा काठमाडौँको चन्दागिरी नगरपालिका अन्तर्गत वडा नम्बर २ घट्टे डाँडा पार्क जानेछन् । यस्तै उपाध्यक्षहरू, महासचिव, सचिव र कोषाध्यक्षलाई पनि देशैभरका विभिन्न वडामा जिम्मेवारी तोकिएको माओवादी केन्द्रले जनाएको छ ।

को पदाधिकारीको जिम्मेवारी कहाँ ?

अधयक्ष प्रचण्ड : चन्दागिरी नगरपालिका २, घट्टडाँडा

वरिष्ठ उपाध्यक्ष, नारायणकाजी श्रेष्ठ : ललितपुर महानगरपालिका २८ हरिसिद्धी

उपाध्यक्ष, कृष्णबहादुर महारा : सुनछहारी गाउँपालिका, जेलवाङ रोल्पा

उपाध्यक्ष, अग्नि प्रसाद सापकोटा : लिंसखुंपाखर ३, सिन्धुपाल्चोक

उपाध्यक्ष, पम्फा भुसाल : ललितपुर महागरपालिका २२, ललितपुर

महासचिव, देव गुरुङ : सुन्दरबजार नगरपालिका ८, भोटेवडार लमजुङ

उपमहासचिव : गिरीराजमणि पोखरेल : गोकर्णेश्वर नगरपालिका ४, काठमाडौँ

वर्षमान पुन : काठमाडौँ महानगरपालिका १६, गोंगबु

हरिवोल गजुरेल : कमलामाई नगरपालिका सिन्धुली

जनार्दन शर्मा : चन्द्रागिरी नगरपालिका २ काठमाडौँ

शक्तिबहादुर बस्नेत : भेरी नगरपालिका १, जाजरकोट

मात्रिका प्रसाद यादव : विरेन्द्रनगर नगरपालिका १, सुर्खेत

सचिव, दिनानाथ शर्मा : बागलुङ नगरपालिका १२, बागलुङ

सचिव, चक्रपाणि खनाल : विराटनगर महानगरपालिका १८, मोरङ

सचिव, देवेन्द्र पौडेल : पोखरा महानगरपालिका २०, कास्की

सचिव, लीलामाणि पोख्रेल : बर्दिबास नगरपालिका, महोत्तरी

सचिव, गणेश शाह : काठामाडौँ महानगरपालिका १० बानेश्वर

सचिव, हितमान शाक्य : सिस्ने गाउँपालिका ६, रुकुम पूर्व

सचिव, हितराज पाण्डे : पालुङटार नगरपालिका ६, गोरखा

सचिव, डिलाराम आचार्य : धनगढी उपमहानगरपालिका १६, कैलाली

सचिव, सुरेन्द्र कुमार कार्की : बुद्धशान्ति गाउँपालिका ४, झापा

कोषाध्यक्ष, श्रीराम ढकाल : चन्द्रागिरी नगरपालिका २, काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?