१५ भदौ, काठमाडौं । फरवार्ड मोहम्मद सलाहका लागि साउदीको क्बल अल इत्तेहादले गरेको १५० मिलियन पाउण्डको प्रस्ताव लिभरपुलले अस्वीकार गरेको छ ।
३१ वर्षका सलाहका लागि अल इत्तेहादले १०० मिलियन पाउण्डभन्दा बढीको प्रस्ताव गरेको थियो, जसलाई १५० मिलियनसम्म पुग्ने सम्भावना थियो । तर लिभरपुलले उनलाई बेच्न चाहेन ।
रोमाबाट सन् २०१७ मा लिभरपुल आएका सलाहले पछिल्लो समरमा सम्झौता अवधि तीन वर्ष लम्ब्याएका थिए ।
गतसाता लिभरपुलका म्याजेनर योर्गन क्लोपले गत साता सलाह क्लबप्रति पूर्ण प्रतिवद्ध रहेको बताएका थिए । क्लोपले शुक्रबार पनि त्यही दोहो¥याए, ‘अवस्था उही छ । यसमा कुनै शंका छैन ।’
प्रतिक्रिया 4