१५ भदौ, काठमाडौं । बागमती प्रदेश क्रिकेटका संघका नवनिर्वाचित अध्यक्ष पारस खड्काले यसअघि क्रिकेटमा उठाउँदै आएका परिवर्तनका प्रश्न अब आफैंमाथि आउने बताएका छन् ।
दोस्रो साधारण सभा तथा निर्वाचनबाट प्यानलसहित विजयी भएपछि पूर्वकप्तान पारसले खेल छाडेपछि पदाधिकारीका रूपमा काम गर्ने सुरुवात भएको बताए ।
पूर्वकप्तान पारसले निकटम प्रतिस्पर्धी चितवनका उमेश पियालाई ९ मतले पराजित गरेका थिए । अध्यक्ष पदमा विजयी भएपछि पारसले चार वटा जिल्लाको एउटा टिमले ३/४ महिनादेखि तयारी गरेको र सोही टिम वर्कका कारण जित सम्भव भएको बताए ।
आफूले पहिलोपटक यसरी निर्वाचनमा भाग लिएको उल्लेख गर्दै उनले दुई दशकदेखि क्रिकेट खेले पनि निर्वाचनमा जाँदा केही फरक अनुभुति भएको बताए ।
आगामी दिन कागमती प्रदेश क्रिकेटका लागि धेरै काम गर्ने लक्ष्य रहेको उनले सुनाए ।
निर्वाचनमा अध्यक्ष उम्मेदवारी घोषणा गर्नुभन्दा अगाडि अफ्ठयारो अवस्थामा रहेको तर चार वटा जिल्लाको साथले आत्मबल बढेर निर्वाचनमा भाग लिएको उनले स्पष्ट पारे ।
१३ सदस्यीय प्रदेश कार्यसमितिमा पारससहित उनको टिमबाट १२ जना चयन भएका छन् ।
असोज ५ र ६ गते काठमाडौंमा तय भएको केन्द्रीय महाधिवेशनका लागि सबै प्रदेशको निर्वाचन सम्पन्न भएको छ । पारसले क्यानको प्रदेशका नयाँ निर्वाचित टोलीसँग छलफल गरेर केन्द्रीय अधिवेशनमा अगाडि बढ्ने बताए ।
प्रतिक्रिया 4