
१६ भदौ, काठमाडौं । लेखक प्रज्वल पराजुलीको दोश्रो कृति ‘चित्रलेखाको चौरासी’ सार्वजनिक भएको छ । यो पुस्तक लेखक पराजुलीको चर्चित कृति ‘ल्याण्ड ह्वेर आइ फ्ली’ को नेपाली अनुवाद हो ।
लेखक पराजुलीले शनिबार आफूले मन पराएका अर्का लेखक नारायण वाग्लेलाई पुस्तक उपहार दिएर सार्वजनिक भएको घोषणा गरेका थिए ।
‘यो उपन्यास हजुरआमाको चौरासीका लागि संसारभरबाट भेला भएका सन्तानहरुको भोगाइमा आधारित छ,’ समारोहमा लेखक प्रज्वलले भने, ‘त्यसैले अंग्रेजी पुस्तकमा प्रयोग गरिएको नाम ‘ल्याण्ड ह्वेर आइ फ्ली’ भन्दा नेपाली अनुवाद पुस्तकको नाम ‘चित्रलेखाको चौरासी’ अझ बढी सान्दर्भिक महशुस गरें ।’
पुस्तकलाई अंग्रेजी मूल कृतिबाट नेपाली भाषामा अनुवाद विभू लुइँटेलले गरेकी हुन् ।
अंग्रेजी पाठकहरुले रूचाएका लेखक पराजुलीले नेपाली साँस्कृतिक परिवेशमा उभिएका आख्यानलाई संसारभर फैलाइरहेका छन् । ‘यो उपन्यासलाई मैले अंग्रेजी भाषामै पढिसकेकी थिएँ,’ पुस्तकको समीक्षा गर्दै लेखिका सगुना शाहले भनिन्, ‘कुशलतापूर्वक गरिएको नेपाली अनुवादमा भने यसका पात्र र परिवेशले अझ विविधता समेटेको पाएँ ।’
सिक्किमवासी प्रज्वल दक्षिण एशियाली त्यसमा पनि विशेषगरी भारतीय उपमहाद्वीप भित्र समाजले वर्जित गरेका विषयलाई लेखनको प्राथमिकतामा राख्छन् ।
उनको पहिलो पुस्तक ‘द गुर्खाज डटर’ सन् २०१२ मा बेलायतबाट प्रकाशन भएलगत्तै ‘डिलन थोमस प्राइज’ को मनोनयनमा पर्न सफल भएको थियो ।
प्रतिक्रिया 4