+
+

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते १२:१४

१७ भदौ, काठमाडौं । आइतबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर कारोबार भइरहेको छ ।

आजका लागि छापावाल सुनको मूल्य एक लाख १२ हजार ६ सय र तेजाबी सुनको मूल्य एक लाख १२ हजार ५० रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य भने प्रतितोला १ हजार ४६० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्य १ हजार ४७० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?