
१७ भदौ, काठमाडौं । सल्यानको बागचौर नगरपालिका वडा नम्बर ७ मा यात्रु बस पल्टिँदा ६ जना घाइते भएका छन् ।
सल्यानको बाँफुखोलाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५४१ नम्बरको बस चौफारी भन्ने स्थानमा कच्ची सडकको खाल्डोमा परेर आज बिहान करिब साढे ५ बजेतिर दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । दुर्घटनास्थलबाट घाइतेहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।
घटनास्थलमा रहेका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेमबहादुर डीसीले घाइते ६ जनामध्ये बागचौर नगरपालिका वडा नम्बर ६ की रन्जना चन्द र रामबहादुर वलीको अवस्था गम्भीर रहेको जानकारी दिए । घाइतेहरु सबैलाई उद्धार गरेर एम्बुलेन्समार्फत् बागचौरमा रहेको पोलिक्लिनिकमा उपचारका लागि लगिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4