१७ भदौ, काठमाडौं । जिम्बावेको राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान हिथ स्ट्रिकको निधन भएको छ ।
उनको ४९ वर्षको उमेरमा निधन भएको भन्दै जिम्बावेको क्रिकेट संघले श्रद्धाञ्जली अर्पण गरेको छ ।
उनले सन् १९९३ देखि २००५ सम्ममा जिम्बावेका लागि ६५ टेष्ट र १८९ वटा एक दिवसीय क्रिकेट खेलेका थिए ।
जिम्बावेका लागि टेष्ट र एक दिवसीय गरी दुवै क्रिकेटमा १००–१०० भन्दा बढी विकेट लिने एक मात्र खेलाडी रहेका उनले टेष्टमा २१६ र एक दिवसीयमा २३९ विकेट लिएका छन् ।
जिम्बावेका लागि ६८ वटा एक दिवसीय क्रिकेटमा कप्तानी गरेका उनले कप्तानका रुपमा १८ खेल जितेका थिए भने ४७ खेल हारेका । उनकै कप्तानीमा खेलिएका २१ टेष्टमा जिम्बावेले जम्मा ४ खेल मात्र जितेको छ ।
खेल जीवनपछि प्रशिक्षक बनेका उनले घरेलु टिम जिम्बावेका साथै बंगलादेशलाई पनि प्रशिक्षण दिएका थिए ।
उनी इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइड राइडर्समा आवद्ध थिए ।
प्रतिक्रिया 4