
१७ साउन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोग प्रभावित किसानलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड स्वीकृत गर्न ढिलाइ भएको स्वीकार गरेका छन् ।
आाइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भुसालले प्रक्रियागत ढिलाइ भएको स्वीकार गरे ।
‘मन्त्रालयबाट पठाइएको प्रस्ताव अर्थ र गृह मन्त्रालयमा प्रक्रियामा रहेको र यो नियतले भन्दा पनि प्रक्रियागत कामका कारण ढिलाइ भएकै हो,’ मन्त्री भुसालले भने, ‘अब छिट्टै पास हुन्छ । किसानले राहत पाउनेछन् ।’
मन्त्री भुसालले लम्पी स्किन नियन्त्रण उन्मुख भएको भन्दै अब सरकारले निःशुल्क खाेप उपलब्ध गराउने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4