+
+

बाँदर र बँदेल नियन्त्रणका लागि नीतिगत व्यवस्था आवश्यक : डा.आरजु राणा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते १७:५१

१७ भदौ, काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा.आरजु राणा देउवाले बाँदर र बँदेल नियन्त्रणका लागि नीतिगत व्यवस्था आवश्यक रहेको बताएकी छन् ।

समिति सभापतिमा निर्वाचित भएपछि आइतबार बसेको कृषि समितिको पहिलो बैठकमा सांसदहरुले बाँदर र बँदेलले किसानलाई दुखः दिएको विषय उठाएका थिए ।

नेपाली कांग्रेसका सांसद दिक्पालकुमार शाहीले जनावरले क्षेति पुर्‍याउने समस्या विकराल हुँदै गएको बताए । समितिको बैठकपछि अनौपचाकि छलफलमा सांसद शाहीले निरन्तर बाँदर र बँदेलको संख्या बढिरहेको उल्लेख गर्दै यस सम्बन्धमा राज्य गम्भीर बन्नुपर्ने अवस्था रहेको भनी समितिमा विषय प्रवेश गराएका थिए ।

जवाफमा समिति सभापति राणाले जंगली जनावरले क्षेति पुर्‍याउने विषयमा सरकारको ध्यानाकर्षण गराउन आवश्यक रहेको बताइन् । साथसाथै किसानको खेतीपाती नष्ट गर्ने बाँदर र बँदेल नियन्त्रका लागि छिमेकी मुलक भारत सहित अन्य देशले गरेका अभ्यास समेतलाई ख्याल गरेर त्यस अनुसार नेपालले नियन्त्रणका लागि नीतिगत व्यवस्था गर्न आवश्यक रहेको उनको भनाइ छ ।

भारतको हिमाञ्चल प्रदेशमा बाँदरलाई बन्ध्याकरण गरिदिने व्यवस्था रहेको उनले स्मरण गरिन् । बँदेल नियन्त्रणका लागि के कस्तो उपाय अपनाउन सकिन्छ यस सम्बन्धमा वन्यजन्तु विभागसँग छलफल गरेर अगाडि जान सकिने पनि उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?