
१७ साउन, काठमाडौं । सरकारले खारेजीको निर्णय गरेका कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका कार्यालयको बजेट फुकुवा भएको छ ।
मर्जर तथा खारेजीको प्रक्रिया सुरु नहुन्जेलसम्ममा कार्यालयहरुको काम प्रभावित हुन नदिन यस्तो निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
कृषि मन्त्री डा. वेदुराम भुसालले कार्यभार सम्हालेको ५ महिना पुगेको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।
बजेट घोषाणापछि शून्य बजेटको अवस्थामा रहेका कार्यालयहरुको काम प्रभावित भएपछि अर्थ मन्त्रालयसँगको समन्वयमा यस्तो निर्णय भएको मन्त्रालयकी प्रवक्ता सवनम सिवाकोटीले जानकारी दिइन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4