+

कतारले दियो नेपाललाई ७५ रनको लक्ष्य, इन्दुले लिइन् एकै ओभरमा ३ विकेट

२०८० भदौ  १८ गते ८:४७ २०८० भदौ १८ गते ८:४७
कतारले दियो नेपाललाई ७५ रनको लक्ष्य, इन्दुले लिइन् एकै ओभरमा ३ विकेट

१८ भदौ, काठमाडौं । इन्दु बर्माले एकै ओभरमा तीन विकेट लिए पनि आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा कतारले नेपाललाई जितका लागि ७५ रनको दिएको छ ।

मलेसियाको युकेएम वाईएसडी क्रिकेट ओभलमा नेपालले टस जितेर कतारलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । जहाँ कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनायो ।

कतारका लागि साची डादवालले सर्वाधिक २१ रन बनाउँदा ओपनर एलिना खानले १५ तथा कप्तान आयशाले १० रन जोडिन् ।

एन्जेलाइन मरे १४ रनमा अविजित रहिन् ।

नेपालका लागि किफायती बलिङसमेत गरेकी इन्दुले ४ ओभरमा १० रन मात्र खर्चेर ३ विकेट लिइन् । उनले १७औं ओभरको तेस्रो, पाँचौ र छैटौं बलम विकेट लिएकी थिइन् । पुजा महतो र कविता जोशीले समान एक/एक विकेट लिए ।

यसअघि लगातार तीन खेल जितिसकेको नेपालले यो खेल जितेमा यूएईसँग समूहको अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

वुमन्स टी-२० विश्वकप एसिया छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय