+
+

नेपाली क्रिकेट टोलीलाई हौसला दिन श्रीलंका पुगिन् वर्षा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १३:१४

काठमाडौं । २७ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाली सिनियर टोली भारतसँग आमनेसामने हुँदैछ । एसिया कपअन्तर्गत श्रीलंकाको क्यान्डीस्थित पाल्केके रंगशालामा नेपाली समयानुसार सोमबार दिउँसो ३ बजे खेल हुँदैछ ।

नेपाली टोलीलाई हौसला दिन रास्वपा अध्यक्ष रवि लामिछानेदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पनि कोलम्बोमा छन् । यो मेसोमा नेपाली टोलीलाई हौसला दिन अभिनेत्री वर्षा सिवाकोटी पनि कोलम्बो पुगेकी छन् । फिल्म निर्माता तथा अभिनेता स्वतन्त्रप्रताप शाह पनि कोलम्बो पुगेका छन् ।

स्वतन्त्रले कोलम्बो पुगेर नेपाली क्रिकेट टोलीका क्याप्टेन रोहित पौडेललाई राष्ट्रिय झण्डा प्रदान गरे । अभिनेत्री सिवाकोटीले पनि कोलम्बोबाट राष्ट्रिय झण्डासहितको तस्वीर पोस्ट गरेकी छन् । टीम नेपाललाई शुभेच्छा भन्दै उनले फोटो सेयर गरेकी छन् । वर्षा खेलमा रुचि राख्ने अभिनेत्रीमध्ये पर्छिन् ।

पाकिस्तानमा भएको एसिया कपको उद्घाटन समारोहमा गायिका त्रिशला गुरुङले गीत प्रस्तुत गरेकी थिइन् । एसियाको समूह एमा नेपाल भारत र पाकिस्तानसँग एउटै समूहमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?