
१८ भदौ, काठमाडौं । खराब मौसमका कारण जेठदेखि उडान बन्द भएको ताप्लेजुङको सुकेटार विमानस्थलमा सोमबारदेखि पुनः उडान सुरू भएको छ । ताप्लेजुङको सुकेटार विमानस्थल पूर्वको प्रसिद्ध तीर्थस्थल पाथिभरा पुग्ने गेट समेत हो ।
मंसिरसम्म तीर्थस्थल पाथिभरा पुग्ने सिजन मानिन्छ । त्यसपछि भने हिँउ पर्न थाल्ने भएकाले यहाँ पुग्न सहज हुँदैन । यहाँ काठमाडौंबाट नेपाल वायुसेवा निगमले सिधा उडान सुचारु गरेको हो । सुकेटारसम्म सिधा उडान भएपछि तीर्थालुलाई सहज बनाउने नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
उनका अनुसार उडान साताको तीन दिन (सोमबार, बिहीबार र शनिबार) हुने छ । काठमाडौंबाट बिहान ६ः१५ मा उड्ने जहाज एक घण्टाको उडानपछि पाथिभरा पुग्ने छ । साढे ७ बजे पाथिभराबाट उड्ने जहाज एक घण्टाको उडानपछि काठमाडौं आइपुग्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4