+
+

एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १४:२०

१८ भदौ, काठमाडौं । एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवदन २०८०’ प्रस्तुत भयो । प्रस्तुत प्रतिवेदनलाइ सभाले सर्वसम्मत रुपमा स्वीकृत गर्‍यो ।

साथै उक्त प्रतिवेदनमाथि राष्ट्रिय सभामा सोमबार नै छलफल भयो । छलफलमा १० जना सांसदले भाग लिए । सांसदहरुले संविधान अनुसार कानुन नबन्दा प्रदेश र स्थानीय तहले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गरे ।

कानुन अभावमा संविधानत प्राप्त अधिकारको सदुपयोग हुन नसकेको बताए । कानुन अभावमा अराजकता समेत बढ्दै गएको भन्दै सांसदहरुले सरकार जवाफदेही बन्नुपर्नेमा जोड दिए ।

जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान अनुकुल बनाउनुपर्ने कानुन बनाउने कार्यमा अग्रसर रहेको बताए । विगतमा विविध कारणले संविधान कार्यास्न्वयनका लागि आवश्यक कानुनहरु बन्नमा ढिलाइ भएको स्वीकार गर्दै उनले एक एक गरी विधेयकहरु संसदमा ल्याउने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्रीको जवाफ पछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले एक साता बस्ने गरी बैठक स्थगित गरे । राष्ट्रिय सभाको अर्को बैठक भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?