
१८ भदौ, काठमाडौं । विभिन्न देशका राजदूत र गैरआवासीय राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।
सामेबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा कतार, पेरु र क्याम्बोडियाका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।
नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अन्सारी, पेरुका गैरआवासीय राजदूत जेभियर म्यानुअल पाउलिनिच भेलार्डे र कम्बोडियाका गैरआवासीय राजदूत कोय कुओङले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।
कार्यक्रम पश्चात नवनियुक्त राजदूतहरुलाई राष्ट्रपति पौडेलले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4