
१८ भदौ, काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएका छ। सोमबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम सहित ११६ रुपैयाँमा ७ लाख १२ हजार २२० कित्ता सेयर निष्कासन गरेको थियो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि आईपीओ निष्कासनमा ल्याएको थियो ।
कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको २५ प्रतिशतले हुने १४ करोड ३० लाख १६ हजार २०० रुपैयाँ बराबरको १४ लाख हजार १६२ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा निष्कासन गर्ने स्वीकृति पाएको थियो । जसमध्ये कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुने ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता सेयर अयोजना प्रभावित कास्कीका स्थानीयलाई निष्कासन गरेको थियो ।
कम्पनीले सर्वसाधारणलाई जारी पूँजीको १५ प्रतिशतले हुने ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँको ८ लाख ५८ हजार ९७ कित्ता सेयर छुट्याएको थियो । जसमध्ये १० प्रतिशतले हुने ८५ हजार ८१० कित्ता सेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । यस्तै ४२ हजार ९०५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । १७ हजार १६२ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याए र बाँकी ७ लाख १२ हजार २२० कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।
उक्त आईपीओमा कुल १३ लाख ९ हजार ६६ आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापीटलले जनाएको छ । जसमध्ये २ हजार ३८९ आवेदन रद्द हुँदा १३ लाख ६ हजार ६७७ आवेदन स्वीकृत भएको थियो ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट भएको छ । जस अनुसार कुल योग्य आवेदक मध्ये ७१ हजार २२२ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।
कम्पनीले कास्कीमा ४.५ मेगावाट क्षमताको विजयपुर १ साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ । यस अयोजनाले २०६९ भदौ ५ देखि व्यावसायिक रुपमा बिजुली उत्पादन गरिरहेको छ ।
प्रतिक्रिया 4