+

भारतविरुद्ध नेपालले बनायो २०० रन

२०८० भदौ  १८ गते १९:२५ २०८० भदौ १८ गते १९:२५
भारतविरुद्ध नेपालले बनायो २०० रन

१८ भदौ, काठमाडौं । एसिया कपमा नेपालले भारतविरुद्ध २०० रन पूरा गरेको छ ।

श्रीलंकाको पल्लाकाले स्टुडियममा जारी एसिया कपमा भारतविरुद्ध ४३.३ ओभरमा २०० रन पूरा गर्दा ओपनर आसिफ शेखले अर्ध शतक बनाएका छन् ।

शेखले आठ चौकाको मद्दतमा ५८ रन जोडेर आउट भए । अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दीपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भए ।

भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए ।

ऐरीसँग ५० रनको साझेदारी गरेका सोमपाल कामी नटआउट २७ रन बनाएर खेलिरहेका छन् ।

कामीसँग साझेदारी गरिरहेका सन्दीप लामिछानेले ३ रन जोडेका छन् ।

एसिया कप नेपाल भारत क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय