
१८ भदौ, गुल्मी । गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएका छन् ।
मुसिकोट नगरपालिका–६ मा रहेको कुर्घा निम्न माध्यमिक विद्यालयमा चट्याङ लाग्दा ८ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले बताए ।
सोमबार दिउँसो पठनपाठन गरिरहेको समयमा चट्याङ परेको थियो । चट्याङ लागेर घाइतेमध्ये ४ जनालाई उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । घाइते ४ जना स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि फर्केका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4