+
+

बलिउड अभिनेता आयुष्मान खुराना नेपाली उत्पादनका ब्राण्ड एम्बेसडर

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते ८:५३

काठमाडौं । बलिउड अभिनेता आयुष्मान खुरानालाई चौधरी ग्रुपअन्तर्गतको सीजी फुड्सले आफ्नो उत्पादन वाइवाइ चाउचाउको व्यवसायिक दूतमा नियुक्त गरेको छ ।

आफू ब्राण्ड एम्बेसडर नियुक्त भएपछि अभिनेता खुरानाले नेपाली उत्पादनसँग व्यवसायिक सहकार्य गर्न पाउँदा खुशि लागेको बताएका छन् । सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले पनि बलिउड स्टार खुरानासँग सहकार्य गर्न पाउँदा खुशि लागेको जारी विज्ञप्तिमा उल्लेख छ ।

चौधरीले भने, ‘असाध्यै छोटो समयमा खुरानासँग सहकार्य गर्ने निर्णय भयो । मलाई विश्वास छ खुरानासँगको सहकार्यले ब्राण्डलाई अझै उचाइमा लैजान मद्दत पुग्नेछ ।’

आयुष्मान पछिल्लो समय बलिउड फिल्म ‘ड्रिमगर्ल २’लाई लिएर चर्चामा छन् । यो फिल्म भारतीय बक्सअफिसमा करोड क्लबमा प्रवेश गर्ने तयारीमा छ भने नेपालमा समेत सुखद कमाइ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?