+
+

खाँणलाई अदालतले आज–भोलिमै रिहा गर्ने आदेश दिने यादवको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते १७:३१

२० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई अदालतले आज–भोलिमा नै रिहा गर्ने आदेश दिने दाबी गरेका छन् ।

रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा बोल्ने क्रममा सहमहामन्त्री यादवले अदालतले खाँणलाई रिहा गर्न आदेश दिने दाबी गरेका हुन् । ‘आज भोलिमा अदालतले उहाँलाई न्याय दिन्छ । धेरै मान्छेसँग कुरा भएको छ,’ यादवले भने, ‘सबले भनेको बालकृष्ण खाँण निर्दोष छ ।’

खाँणको खातामा अस्वभाविक तरिकाको रकम नदेखिएको उनले बताए । ‘उहाँको पालामा नक्कली वा सक्कली एक जना पनि नेपाली वा भुटानी अमेरिका गएका छैनन्,’ यादवले भने, ‘जसले हस्ताक्षर गर्‍यो, त्यो बाहिर छ । जसको हस्ताक्षर नै छैन त्यो भित्र छ ।’

तरुण दलका पूर्व अध्यक्ष समेत रहेका यादव पूर्व गृहमन्त्री खाँण निकट छन् । बालकृष्णलाई समात्नु प्रजातन्त्र समाप्त गर्ने शिलशिलाको सुरुवात भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?