
२१ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य धवल शम्शेर राणाले प्रधानमन्त्री प्रचण्डले विदेश भ्रमण जाँखा समितिको सल्लाह र सुझाल लिएर जाँदा राम्रो हुने बताएका छन् ।
‘प्रधानमन्त्रीले भ्रमणमा समितिको सल्लाह र सुझाव लिएर जाँदा राम्रो हुन्थ्यो,’ राप्रपाका महामन्त्रीसमेत रहेका जबराले समिति बैठकमा भने, ‘अहिले चिनियाँ राजदूतले बोलेको जस्तो विषयमा अन्य मुलुकले पनि बोल्न थाले भने हाम्रो नियन्त्रणभन्दा बाहिर जानसक्छ ।’
उनले एमसीसीमा कुनै सैन्य गन्ध आउन नहुने बताउँदै यस विषयमा कुनै दुर्घटना नहोस् भनेर परराष्ट्र सचेत हुन जरुरी रहेको बताए ।
बैठकमा उनले सीमा क्षेत्रमा नागरिकले दु:ख पाएको गुनासो बढिरहेको बताए ।सिमानामा लामो लाइन लगाएर भन्सार जाँच गर्ने र १०० रुपैयाँको समानमा भन्सार खोज्दा जनताले दु:ख पाएको उनको भनाइ छ ।
साथै, नेपालमा भारु १०० भन्दा बढीको नोट नचल्दा यसले पर्यटन प्रवर्धनमा असहयोग हुने बताए ।
प्रतिक्रिया 4