
२१ भदौ, काठमाडौं । साउदी अरेवियाको दमाममा नेपाल एयरलाइन्सले नियमित उडान थालेको छ ।
नेपाल एयरलाइन्सको जहाज बुधबार राति १०ः४० बजे १२६ यात्रुसहित दमाम उडेको थियो ।दमामबाट ११७ जना यात्रु काठमाडौं आएका छन् । साउदी अरब वैदेशिक रोजगारीमा धेरै नेपाली जाने मुलुकमध्ये एउटा हो ।
नेपाल एयरलाइन्सले काठमाडौं–दमाम–काठमाडौं रुटमा सातको दुई दिन बुधबार र शनिबार उडान गर्ने तालिका बनाएको छ ।
बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडान संख्या बढाउँदै लैजाने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार निगमको वेबसाइट लगइन गरेर वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिएर यात्रुले नेपाल एयरलाइन्समार्फत यात्रा गर्न सक्ने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4