+
+

गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै हेटौंडामा तरुण दलको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १९:२९

२१ भदौ, काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै नेपाली कांग्रेसको युवा संगठन तरुण दलले बागमती प्रदेशको राजधानी हेटौंडामा मसाल जुलुससहित प्रदर्शन गरेको छ ।

तरुण दलले हेटौंडा–२ स्थित पार्टी कार्यालयबाट बुद्धचोकसम्म गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष महेन्द्र यादव माथि भएको सांघातिक हमलाको निष्पक्ष छानविनसहित दोषीलाई हदैसम्मको कारबाही हुनु पर्ने माग गरेका छन् ।

तरुण दल केन्द्रीय सदस्य राजेश भेटवालले यादवमाथि आक्रमण गर्ने गराउने, गराउन उक्साउने, पर्दा पछाडि बसेर निर्देशन दिने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरी दोषी उपर कडाभन्दा कडा कारबाही हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?