
काठमाडौं । एनआईसी एशिया बैंकले कनेक्ट आईपीएससँँगको सहकार्यमा ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ नामक अफर सार्वजनिक गरेको छ ।
मोबाइल बैंकिङ ग्राहकका लागि बैंकले ल्याएको यस अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले १ थान स्मार्टफोन जित्ने अवसर पाउने छन् ।
यो अफर १७ भदौदेखि २० असोजसम्म लागू हुनेछ । विजेता ‘लक्की ड्र’ मार्फत घोषणा गरिने र उक्त विजेताको जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिनेछ ।
फन्ड ट्रान्सफर गर्न आफ्नो मोबाइल बैंकिङ सेवा एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फन्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर ओदर्स बैंक युजिङ कनेक्ट आईपीएस छनोट गर्नुपर्ने छ । यसरी फन्ड ट्रान्सफर गर्दा कनेक्ट आईपीएसमा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4