+
+

जन्मदिनमा विद्यालयमा १ लाख अक्षयकोष स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २२ गते १३:५०

२२ भदौ, कास्की। पोखरा महानगरपालिका वडा नम्बर २८ अवस्थिति जनज्योती माध्यामिक विद्यालयमा स्थानीय पुष्पराज त्रिपाठीले आफ्नो जन्मदिनको अवसर पारेर अक्षयकोष स्थापना गरेका छन् ।

त्रिपाठीले विहिबार आफ्नो ३६ औं जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीको अतिरिक्त कृयाकलापमा खर्च गर्ने गरी एक लाख एक रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका हुन् ।

पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वरमण अधिकारीले अक्षयकोष स्थापना गरिदिएर विद्यालय तथा विद्यार्थीको हौसला बढाएको बताए ।

विद्यालयका प्रधानाध्यापक नरेन्द्र पौडेलले अक्षयकोष विद्यालय, विद्यार्थीको मात्रै नभएर समुदायको लागि स्थापना भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?