+

गउफ र साबालेन्का युएस ओपनको महिलातर्फ फाइनलमा

२०८० भदौ  २२ गते १४:०५ २०८० भदौ २२ गते १४:०५
गउफ र साबालेन्का युएस ओपनको महिलातर्फ फाइनलमा

२२ भदौ, काठमाडौं । घरेलु खेलाडी कोको गउफ र अर्याना साबालेन्का वर्षको अन्तिम ग्राण्ड्सलाम युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

न्युयोर्कको आर्थर एसेस स्टेडियममा शुक्रबार बिहान सम्पन्न सेमिफाइनलमा छैटौं वरियताकी गउफले कारोलिना मुचोभालाई सोझो सेटमा हराइन् ।

जलवायु विरोधकर्ताहरूले अवरोध गरेपछि ४९ मिनेट रोकिएको खेलमा गउफले मुचोभालाई ६-४, ७-५ ले हराइन् ।

१९ वर्षीया युवा खेलाडी गउफ पहिलो पटक युएस ओपनको फाइनलमा प्रवेश गरेकी हुन् भने समग्रमा दोस्रो पटक ग्राण्ड्सलाम फाइनल पुगेकी हुन् । गत वर्ष फ्रेन्च ओपनको फाइनल पुगेकी गउफ पराजित भएकी थिइन् ।

यस्तै दोस्रो सेमिफाइनलमा अष्ट्रेलियन ओपन च्याम्पियन साबालेन्काले अमेरिकन खेलाडी माडिसन किएसलाई प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दे अल अमेरिकन फाइनललाई टारिन् ।

दोस्रो वरियताकी साबालेन्काले १७औं वरीयताकी घरेलु खेलाडी माडिसनलाई ०-६, ७-६ (७-१), ७-६ (१०-५) ले हराइन् ।

पुरुषतर्फ भने सेमिफाइनलमा कार्लोस अल्कारेजले ड्यानिएल मेडभेदवेसँग तथा नोभाक जोकोभिचले बेन सेल्टनसँग प्रतिस्पर्धा गर्नेछन् ।

युएस ओपन ग्राण्डसलाम टेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय