+
+

मण्डलामा शुक्रबारदेखि ‘दमिनी भीर’, नयाँ नाटक कुन-कुन आउँदैछन् ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २२ गते १४:१३
‘दामिनी भीर’ नाटकका केही दृश्य

काठमाडौं । नाटकप्रेमीलाई खुसीको खबर छ । शुक्रबारदेखि मण्डला थिएटरमा नयाँ नाटकको मञ्चन सुरु हुँदैछ भने थप नयाँ नाटक पनि आउने तयारीमा छन् ।

शुक्रबारदेखि मण्डलामा सुरु हुने नाटक ‘दमिनी भीर’लाई इँगिहोपो कोइँच सुनुवारले निर्देशन गरेका हुन् भने यो नाटक लेखन राजन मुकारुङको उपन्यासमा आधारित हुनेछ । थैली इन्टरटेनमेन्टको सहकार्यमा नाटक तयार भएको हो ।

भदौ २७ गतेदेखि शिल्पी थिएटरमा बारत लिम्बू निर्देशित नयाँ नाटक ‘ह राम पण्डित’ मञ्चन तयारीमा छ । दैलो प्रोडक्सन र भैरव पुरस्कार गुठीको सहकार्यमा तयार हुने यो नाटक असोज १३ गतेसम्म मञ्चन हुनेछ ।

श्रवण राना मगर, विकास जोशी, सवीर चुरौटे लगायतको प्रमुख अभिनय यसमा छ । भैरव अर्यालले लिखित निबन्धहरु काउकुती, जय भुँडी, इतिश्री निबन्ध संग्रहको आधारमा यो नाटक तयार पारिएको जनाइएको छ ।

असोज ४ गतेदेखि कौसी थिएटरमा नयाँ नाटक आउँदैछ । गिरिश कर्नाडको नाटक ‘वेडिङ एल्बम’माथि आधारित रहेर कौसीले ल्याउन लागेको नाटकलाई आकांक्षा कार्कीले निर्देशन गर्दैछिन् । म पनि मान्छे हुँ र जेडी तमुको ‘ब्युँझिएको सिरानी’ पनि मञ्चनको तयारीमा रहेको कौसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?