+
+

समाजवादी मोर्चाको सन्देश सभा आज हेटौंडामा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते ६:३०

२४ भदौ, काठमाडौं । समाजवादी मोर्चाले बागमती प्रदेशस्तरीय सन्देश सभा आज मकवानपुरको हेटौंडामा गर्दैछ ।

सन्देश सभालाई मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने छन् ।

आइतबार नै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको समेत घोषणा गरिने एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले जानकारी दिइन् ।

चार दल सम्मिलित मोर्चाको भदौ ४ गते बसेको बैठकले मोर्चा गठनको उद्देश्य र लक्ष्यबारे जानकारी दिने उद्देश्यले सात वटै प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार मोर्चाले यसअघि मधेश प्रदेशको वीरगञ्जमा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र गण्डकी प्रदेशको पोखरामा सन्देश सभा आयोजना गरिसकेको छ ।

पूर्वघोषणा अनुसार भदौ १३ गते सुदूरपश्चिमको धनगढीमा आयोजना गर्ने भनिएको सभा स्थगित गरिएको थियो भने कोशी प्रदेशको विराटनगरमा यही भदौ २५ गते सभा गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?