+
+

बजेट अध्यादेश ल्याउने कोशी प्रदेश सरकारको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते ८:४९

२४ भदौ, विराटनगर । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ ।

पुन: मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै अध्यादेश जारी गर्ने निर्णय गराएका थिए ।

कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सोही दिनको बैठकको निर्णय अनुसार आजै अध्यादेश जारी गर्ने तयारी गरिएको छ ।

यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो । अध्यादेश निष्क्रिय भएका कारण प्रदेशमा बजेट शून्यको अवस्था छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?