
२४ भदौ, विराटनगर । राष्ट्रिय युवा संघको कोशी प्रदेश अध्यक्षमा अरुण गुरुङ चयन भएका छन् । धरानमा सम्पन्न प्रथम अधिवेशनबाट अरुण गुरुङ अध्यक्ष चयन भएका हुन् ।
उपाध्यक्षमा जयप्रकाश रायमाझी, सचिव विनोद राना, सहसचिव निरजमानसिंह बस्नेत, शरण फागो र कोषाध्यक्ष दीपेन्द्र घिसिङ चयन भएका छन् । प्रदेश कमिटी ८९ सदस्यीय छ ।
युवा संघ मातहत रहेको युथ फोर्सको प्रमुखमा राजन बानियाँ चयन भएका छन् । प्रवक्ताको जिम्मेवारी मनोज रायले पाएका छन् ।
साइबर सर्कल प्रमुखमा सागर पोखरेल, महिला विभाग प्रमुखमा पार्वती तामाङ र संगठन विभाग प्रमुख आनन्द राई चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4