
२४ भदौ, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसँग काठमाडौं जिल्ला अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिँदै २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको हो ।
बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।
जिल्ला अदालतले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको छ, तर सबैको धरौटी रकम बेग्लाबेग्लै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4