+

फुटसलको राष्ट्रिय टोली घोषणा

२०८० भदौ  २४ गते १७:२६ २०८० भदौ २४ गते १७:२६
फुटसलको राष्ट्रिय टोली घोषणा

२४ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटसल टोली घोषणा भएको छ ।

आगामी अक्टोबरमा मंगोलियामा हुने एएफसी फुटसल एसियन कप क्वालिफायर्सका लागि मुख्य प्रशिक्षक गौरब बस्नेतले सोमबार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

फुटसल टिमका लागि खुल्ला छनोटबाट सुरुमा ७४ खेलाडी छनोट गरिएको थियो र त्यसपछि विभिन्न चरणको छनोट प्रतियोगितापछि अन्तिम टोली घोषणा गरिएको हो ।

गत वर्ष कीर्गिस्तानमा भएको एएफसी फुटसल एसियन कप छनोट खेलेको टिममा रहेका ५ खेलाडी यस पटक पनि टिममा परेका छन् । जसमा मणिकुमार लामा, सुमित श्रेष्ठ, आदिल हमिद, विजय श्रेष्ठ, सरोज तामाङ छन् ।

मणि र सुमितले राष्ट्रिय फुटसल टिमसँगै राष्ट्रिय पुटबल टिमबाट समेत खेलिसकेका छन् ।

नेपालले आगामी अक्टोबर ७ देखि ११ सम्म मंगोलियाको उलानबटारमा हुने फुटसल एसियन कप छनोट खेल्दैछ ।

छनोटको समूह डी मा रहेको नेपालले आयोजक मंगोलियासहित भियतनाम र दक्षिण कोरियासँग खेल्नेछ । फुटसल छनोट प्रतियोगितामा सहभागी एसियाका ३१ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ ।

जसमा हरेक समूहको शीर्ष स्थानमा रहने टोली सोझै एएफसी फुटसल एसियन कप २०२४ का लागि छनोट हुनेछन् भने सात उत्कृष्ट उपविजेता पनि फुटसल एसियन कपमा छानिनेछन् । एक टिम भने आयोजकको रुपमा छनोट हुनेछ ।

नेपाली टिम

गोलकिपर : आशिष डंगोल, सागर गुरुङ

फिक्सो : विजय श्रेष्ठ, सरोज तामाङ, सान्जे स्याङ्गतान

अला : आदिल हमिद, अमित तामाङ, अरुज सिंह, सुमित श्रेष्ठ, उज्वल शाही, रजत तिवारी, दिपेश घले

पिभोट : सुजित बुढाथोकी, मणी कुमार लामा

राष्ट्रिय फुटसल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय