
काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको नक्सालस्थित नन्दी माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई स्व. लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।
उक्त जेहेन्दार छात्रवृत्ति बैंकको दरबारमार्ग शाखाका प्रबन्धक मनिलरन्न शाहीले विद्यालयका प्रधानाध्यापक गिता काफ्लेलाई हस्तान्तरण गरेका हुन् ।
विभिन्न सात वटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. श्रेष्ठको स्मृतिमा सो छात्रवृत्ति स्थापना गरिएको हो ।
अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले ५० हजार रूपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको बैंकले जनाएको छ ।
आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।
प्रतिक्रिया 4