
२५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कोशी प्रदेशको नामबारे संवादबाटै समाधान खोज्नुपर्ने बताएका छन् ।
समाजवादी मोर्चाले सोमबार विराटनगरमा गरेको सन्देश सभामा प्रचण्डले नामकरणलाई लिएर असन्तुष्टि सुरु भएलगत्तै आफूले असन्तुष्ट पक्षलाई बालुवाटार बोलाएर संवाद गरेको बताए । उनले भने, ‘कन्फ्रन्टेसन होइन, वार्ता र संवादबाट जनताको भावनाको कदर हुने गरी समाधान खोजिनुपर्छ ।’
संवाद नगरी कन्फ्रन्टेसनमा जाने हो भने परिवर्तन उल्ट्याउन चाहनेहरुले फाइदा उठाउन सक्ने प्रधानमन्त्री प्रचण्डले बताए ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरण, ललितानिवास र सुन काण्डमा सरकारले चालेको कदमबाट एकथरी मानिस आतंकित भएको बताए ।
कति दिन सरकारमा बसिन्छ, मतलब नभएको, तर सुशासनको पक्षमा काम गर्ने भन्दै उनले भने, ‘सरकार एक्लैले मात्र लडेर जित्न सकिन्न, जनताको साथ अपरिहार्य छ ।’
प्रतिक्रिया 4