+
+

गृहमा १० सहसचिवको सरुवा, अध्यागमनको महानिर्देशकमा रुद्रसिंह तामाङ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १८:३४

२५ भदौ, काठमाडौं । गृह मन्त्रालयले १० जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ ।

गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङलाई पठाएको छ । उनी यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा थिए ।

यसअघिका महानिर्देशक झलकराम अधिकारी सुन तस्करीमा संलग्न दावा छिरिङसँग सम्पर्कमा रहेको खुलेपछि गृह मन्त्रालय तानेर उनलाई अहिले सामान्य प्रशासन मनत्रलयको अतिरिक्त समूहमा सरुवा गरिएको छ । अब तामाङले अध्यागमन विभागको नेतृत्व गर्नेछन् ।

विपद व्यवस्थापन प्राधिकरणमा जयनारायण आचार्य पुगेका छन् । त्यसैगरी त्रिभुवन विमानस्थल अध्यागमन प्रमुखमा गोगनबहादुर हमाल सरुवा भएका छन् ।

गृहले चार जना प्रमुख जिल्ला अधिकारीहरु पनि फेरेको छ । रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

सहसचिव गणेश अर्याललाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाइएको छ । यसअघि ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका उनले गृह प्रशासनमा पुगेलगत्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मौका पाएका छन् ।

त्यसैगरी रामवन्धु सुवेदीलाई दाङ र शिवराम गेलाललाई महोत्तरीमा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएका छन् । सहसचिवहरु दीपककुमार पहाडी, भरतमणि पाण्डे, खगेन्द्रप्रसाद रिजालको गृह मन्त्रालयमा सरुवा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?