+
+

भक्तपुरको कौशलटारमा यामाहा नेपालको ‘ब्लू स्क्वायर’ शोरुम

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २६ गते १४:०५

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारीक बिक्रेता ‘एमएडब्लू इन्टरप्राइजेज प्रालि’ ले भक्तपुरको कौशलटारमा सुविधा सम्पन्न ‘ब्लू स्क्वायर’ शोरुम सञ्चालनमा ल्याएको छ ।

सोमबार एमएडब्लू ग्रुप कम्पनीका म्यानेजिङ डाइरेक्टर विष्णुकुमार अग्रवाल, हिमालय रोडिज सिजन ५ का होस्ट सुरजसिंह ठकुरी र हिमालय रोडिज सिजन ५ की ग्याङ लिडर प्रियंका कार्कीले सयुंक्त रुपमा उद्घाटन गरेका हुन् । यो शोरूम टू ह्विलरको नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक शोरूम भएको कम्पनीको दाबी छ ।

यामाहाको विश्व व्यापी नयाँ अवधारणा’ब्लू स्क्वायर’लाई अवलम्बन गरी कौशलटारमा शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ ।

यामाहाको ग्लोबल मोटर स्पोर्ट लिगेसीलाई आत्मसाथ गर्दै सम्पूर्ण राइडर्सले आफ्नो राइडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा ‘ब्लू स्क्वायर’ शोरुमलाई लिइएको कम्पनीले बताएको छ ।

यो शोरुममा प्रयोग गरिएको ‘ब्लू’ कलरले यामाहा ब्राण्डको ‘रेसिङ डीएनए’ लाई झल्काउने र ‘स्क्वायर’ ले ‘वान स्टप बाइङ जंक्सन’ जसमा ग्राहकले मोटरसाइकल, स्कुटर, एसेसोरिज र एपारेल एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यस शोरुममा ‘बेटर कस्टमर एक्सपेरियन्स’ अनुभव गर्नुको साथै छिटो र ‘पर्सनलाइज्ड वान टु वान सर्भिस’ प्रदान गरिने छ । यामाहाको ग्राहकले अझ नजिकबाट यामाहा ब्राण्ड र उपलव्धतालाई महसुस गर्न पाउनुको साथै ‘डिजिटल टेक्नोलजी’ मार्फत क्यूआर कोड स्क्यान गरेर भौचरहरु प्राप्त गर्न सक्नेछन् ।

स्थापनाकालदेखि नै ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा ‘ब्लू स्क्वायर’ को उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्ड प्रतिको ग्राहको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्घि गर्ने कम्पनीले बताएको छ ।

भक्तपुरमा सञ्चालनमा ल्याइएको नयाँ शोरुमले मोटरसाइकल प्रेमी ग्राहकलाई यामाहाको उत्कृष्ट प्रविधि युक्त विभिन्न मोटरसाइकल स्कुटर एसेसोरिज र एपारेल उपलब्ध गराउने यामाहा नेपालका सीईओ राजु क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?