+
+

आसियानदेखि जी-२० सम्म गरे मोदीले भारत नामको प्रवर्द्धन

एजेन्सी एजेन्सी
२०८० भदौ २६ गते १७:४६

२६ भदौ । जाकर्तामा भएको आसियान-इन्डिया सम्मेलन र र जी -२० सम्मेलनमा व्यस्त हुनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना मन्त्रिपरिषद्का सदस्यलाई निर्देशन दिएका थिए, ‘भारतको नाम परिवर्तनबारेका कुनैपनि बहसबाट जोगिनू ।’

मोदी आफैंले भने अन्तर्राष्ट्रिय मञ्च तथा घरेलु कार्यक्रममा भारत शब्दको प्रयोगलाई बढावा दिइरहेका छन् । आसियान-इन्डिया सम्मेलनलाई उनले आसियान भारत सम्मेलन भने । जी-२० मा राष्ट्रपति द्रौपदी मुर्मुका लागि भारतको राष्ट्रपति भन्ने शब्द प्रयोग भयो । यसको प्रयोगबारे उनले भन्ने गरेका छन्, ‘भारतले बाहेक अन्य नामले हाम्रो इतिहास भूगोल र एशियालाई सायदै अरुले जोड्नेछ।’

भारत शब्दको प्रयोगबारेको विवाद जी-२० सम्मेलनको दौरान थप प्रखर भयो । संसदको विशेष अधिवेशनमा यसबारे थप बहस हुने निश्चित छ । इन्डिया गठबन्धन बनाएका प्रतिपक्षी दलहरु यसप्रति निकै आक्रोशित छन् । सत्तारुढ भाजपाका नेताहरु यस बहसमा देखिन चाहदैनन् । तर यस एजेण्डालाई राष्ट्रिय स्वयंसेवक संघले मलजल गरिरहेको छ ।

यसका प्रमुख मोहन भागवतले जनताले अब इन्डियाको सट्टा भारत नामको प्रयोग गर्नुपर्ने बताए । सेप्टेम्बर ५ मा भाजपाका प्रवक्ता सम्बित पत्राले आसियान-इन्डिया सम्मेलनमा मोदीलाई इन्डियाको सट्टामा भारतको प्रधानमन्त्री भनिएको उल्लेख गरे । जी-२० सम्मेलनमा पनि मोदीलाई भारतकै प्रधानमन्त्री भनिएको थियो ।

नामको सवालमा भाजपा र आरएसएसको तर्क एउटै छ । इन्डियाले औपनिवेशिक परिवेश चित्रित गर्छ, त्यसैले इन्डियाको सट्टा भारतको प्रयोगबारे विरोध जनाउनु भनेको औपनिवेशिकताको अंशलाई स्वीङ्कार गर्नु भने उनीहरुको भनाइ छ । उनीहरु यो पनि भन्छन्, ‘प्राचीन भारतवर्षको ज्ञानले मुलुकको आर्थिक सामाजिक र सांस्कृतिक विकास र  सशक्तिकरणका लागि सहयोग पुर्‍याएकाले मुलुकको नाम भारत नै हुनुपर्छ।’

भाजपा इन्डियाको प्रयोगमाथि पूर्ण विरोधमा भने छैन । तर उसले संविधानमै सम्मिलित गरेको अर्को शब्दावलीको प्रयोग गर्न खोजेको छ । संविधानको धारा १ मा भनिएको छ, ‘इन्डिया अर्थात भारत राज्यहरुको संघ हुनेछ।’

अंग्रेजीमा इन्डिया पहिले छ भने हिन्दीमा भारत अर्थात इन्डिया राज्यहरुको संघ हुनेछ लेखिएको छ । भारतमा कानुन निर्माण गर्दा होस् वा सरकारी कामकाजमा इन्डिया वा इन्डियनको सट्टा भारत र भारतीय शब्दावलीनै सबैभन्दा बढी प्रयोग हुन्छ ।

राष्ट्रिय स्वयंसेवक संघ र त्यससँग जोडिएको संस्थाहरुको नाममै भारत छ । जस्तो कि भारतीय जनता पार्टी,  अखिल भारतीय विद्यार्थी परिषद्, अखिल भारतीय अधिवक्ता परिषद्, भारतीय किसान संघ, संस्कार भारती र भारतीय मजदुर संघ । सन् १९५१ मा राष्ट्रिय स्वंसेवक संघले भारतीय जनसंघको नाममा दल खोलेको थियो । यसको उद्देश्य इन्डियन नेशनल कंग्रेसको प्रतिपक्षी बन्नु थियो ।

आरएसएएस विचारधाराकाहरु बेलायती र युरोपेलीले इन्डियाको नाम लोकप्रिय बनाएको बताउँछन् । युरोपेलीहरुले मुलुकलाई इन्डिया र त्यहाँका बासिन्दालाई इन्डियन भन्थे । त्यस भूगोलमा शासन गरेका इस्लामिक शासकहरुले भुगोललाई हिन्द र मानिसहरुलाई  हिन्दु भन्थे । सिन्धुलाई उनीहरुले गलत रुपमा उच्चारण गरेर हिन्दु भनेको बताइन्छ ।

विष्णु पुराणमा हिमाल र समुन्द्रको बीचको भूगोलमा बस्नेलाई भरत भनिएको छ । यता त्रेतायुगमा अयोध्याका राजा दशरथको छोराको नाम पनि भरत राखिएको थियो । स्वतन्त्रता संग्रामको बखत यिनैलाई आधार मानेर कतिपयले मुलुकको नाम भारत भनिरहेका थिए । रवीन्द्रनाथ टेगोरले लेखेको राष्ट्रगानमा पनि भारत उल्लेख छ ।

राष्ट्रगान ‘बन्दे मातारम’ ले पनि भारतको माताको जय भनेको विचार आरएसएस र भाजापाको छ । मोदी र आरएसएसले इन्डिया वा भारतको बहसलाई सतहमा ल्याएछन् । जसले जे कुरा सहतमा ल्याएपनि त्यसको समाधानको विन्दु भारतीय संविधाननै हो । संविधानले भारत अर्थात् इन्डिया र इन्डिया अर्थात् भारत दुबैलाई स्वीकार गर्छ । वर्तमान बहसले भने भारततर्फ बढी पल्लाभारी गराउन खोजेको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?