+

भारतले श्रीलंकालाई दियो २१४ रनको लक्ष्य

२०८० भदौ  २६ गते १९:५४ २०८० भदौ २६ गते १९:५४
भारतले श्रीलंकालाई दियो २१४ रनको लक्ष्य

२६ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा भारतले श्रीलंकालाई २१४ रनको लक्ष्य दिएको छ । घरेलु टोलीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

कोलम्बोमा टस जितेर ब्याटिङ रोजेको भारतले अन्तिम ५ बल खेल्नुअघि सबै १० विकेट गुमाएर २१३ रन बनायो । भारतको सुरुवात भने राम्रो थियो । पहिलो विकेटका लागि रोहित शर्माले र शुभमन गिलले ८० रनको साझेदारी गरेका थिए ।

तर डुनिथ वेलालेजले त्यो साझेदारी तोडे । त्यसपछि वेलालेज र चरित असलांकाले निरन्तर विकेट लिएपछि भारतका ब्याट्सयानले ठूलो साझेदारी गर्न सकेनन् ।

रोहित शर्माले सर्वाधिक ५३ रन बनाए भने केएल राहुलले ३९, इशान किसनले ३३ रन बनाए । वेलालेजले ५ र असलांकाले ४ विकेट लिए ।

एसिया कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय