२७ भदौ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको २८ औं वार्षिकोत्सव समारोहमा दुई खेलकुद पत्रकारलाई सम्मान गरिएको छ ।
युवा पत्रकार नयाँ पत्रिकामा कार्यरत रमेश सुवेदीलाई सुमन भोम्जन युवा खेलकुद पत्रकार पुरस्कार प्रदान गरिएको छ । त्यस्तै अग्रज सम्मान मुकुन्द बोगटीलाई प्रदान गरिएको छ ।
नक्सालस्थित क्राउन प्लाजामा भएको कार्यक्रममा युवा खेलकुद पुरस्कारमार्फत सुवेदीले ल्यापटपसहित सम्मान पत्र प्राप्त गरे । अग्रज सम्मानमा बोगटीले २५ हजार रुपैयाँसहित सम्मान पत्र प्राप्त गरेका हुन् ।
मञ्चले हरेक वर्ष स्थापना दिवसका दिन अग्रज पत्रकार सम्मान र युवा पत्रकारलाई हौसला स्वरुप पुरस्कार प्रदान गर्दै आएको छ ।
उनीहरूलाई नेपाल ओलम्पिक कमिटी एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राई र मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीलगायतले सम्मान गरेका थिए ।
सम्मानित पत्रकार सुवेदीले खेलकुदको लगावले गर्दा यहाँसम्म आइपुगेको भन्दै खुसी व्यक्त गरे । त्यस्तै अग्रजको सममान पाएका बोगटी भने, आफूले मञ्चको स्थापना कालदेखि हालसम्मका युवा पुस्तासँगै सम्मानित हुन पाउँदा निकै खुसी लागेको बताए ।
प्रतिक्रिया 4