+
+

कुकुर र बिरालोको बन्ध्याकरण गर्दै काठमाडौं महानगरपालिका

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते २०:११

२७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले कुकुर र बिरालोको बन्ध्याकरण गर्ने भएको छ । महानगरपालिकाको कार्यपालिका वैठकमा सडकमा कुकुर आतंक सिर्जना भएको भन्दै बारम्बार गुनासो गरेपछि कुकुर र बिरालोको बन्ध्याकरण बृहत बनाउने तयारी गरेको हो ।

महानगरका कृषि तथा पशुपन्छि विभागका प्रमुख डा.अवधेश झाका अनुसार कुकुर र बिरालोको भ्याक्सिनेसन र बन्ध्याकरणको लागि इच्छुक फर्महरुलाई १५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ ।

‘अहिले एटा संस्थाले महानगर मार्फत भ्याक्सिनेसन र बन्ध्याकरण गर्दा खासै प्रभावकारी भएको छैन अब हामीले एकैचोटी धेरै फर्म तथा संस्था मार्फत काम गर्दै छौं’, झाले भने ।

महानगरपालिकाले काम गर्न इच्छुक संस्थाहरुलाई कुकुर तथा विरालोको खोप भ्याक्सिनेसन र बन्ध्याकरणको लागि २ हजार ५ सय रुपैयाँ प्रस्ताव गर्न भनेको छ भने खोप भ्याक्सिनेसनको मात्रैको लागि २ सय रुपैयाँ प्रस्ताव गर्न भनेको छ ।

महानगरपालिकाले फर्म वा संस्थालाई खोप भ्याक्सिनेसन र बन्ध्याकरण गरेवापत उक्त रकम दिने झाले बताए । ‘संस्थाहरुले काम गरेको अनुगमन गरेर प्रमाणित भएपछि सोही अनुसार महानगरले प्रस्तावित रकम दिन्छ, यो पटक ८ वटा भन्दा बढी संघ संस्थाहरु आउने अनुमान गरेका छौं’, झाले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?