
बा अभागी रै’छु र त माया अपार थियो,
हजुर हुनुमा मात्र मेरो जीवनको सार थियो
त्यही घरमा हजुरलाई मृत भेटाएँ मैले,
जुन घर नै बलियो बनाउने विचार थियो
सम्झिन्छु ती वाणीहरु अनि झस्किन्छु फेरि,
जो मलाई मान्छे बनाउने औजार थियो
ढल्यो मेरो विश्वास र भरोसाको खम्बा त्यही दिन,
जुन मेरो सुन्दर जीवनको आधार थियो
झुट नबोल्नु, लोभ नगर्नु र नगर्नु अन्याय कसैमाथि,
आजसम्म बचाएको छु जुन हजुरको संस्कार थियो
बा आउनुस् न फर्केर, हाम्रो जीवनमा खुशी भर्न,
साँच्चै आज हजुरको छोरो जिम्मेवार थियो ।
-एस्. के. न्यौपाने
उत्तरगया गा.पा. ४ रसुवा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4