+
+

सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १३:१०

२९ भदौ, काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

शुक्रबार सिंहदबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

संसदीय समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ । उनीविरूद्ध एउटा पनि उजुरी नपरेपछि सिधै सुनुवाइ भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?