
काठमाडौं । माछापुच्छ्रे बैंकले बालुवाटारमा रहेको नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।
नेपालीहरुको महान चाड बडा दशैंलाई केन्द्रित गर्दै नेपाली नोट सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरी डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ उक्त सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्य र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा हस्ताक्षर गरेसँगै उक्त सेवा सञ्चालनमा ल्याइएको हो ।
राष्ट्र बैंकमा नयाँ नेपाली नोट सटही लिन आउने सेवाग्राहीहरुले क्यूआर मार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् । जसले गर्दा सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने विश्वास बैंकको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4