
काठमाडौं । अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान र शुभेच्छा खड्काको शीर्ष भूमिका रहने फिल्म ‘चित्रा’को छायांकन शुक्रबार पोखराबाट सुरु भएको छ । अवकाश जीवन बाँचिरहेका बाबु र उनकी छोरीको कथा पेश गर्ने फिल्मलाई ‘धौली’ फेम्ड घनश्याम लामिछानेले निर्देशन गर्नेछन् ।
फिल्मलाई आगामी पुस २७ गते प्रदर्शनको तयारी छ । फिल्ममा सन्तोष अधिकारी, सिम्रन खड्का, आयुषी ढकाल, कपिल शर्मा, कुमार गुरुङ, श्यामसुन्दर कार्की, गीता थापा, उज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरेले समेत अभिनय गर्नेछन् ।
पोखरा र घाचोकमा छायांकन हुनेछ । आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहने ‘चित्रा’ फिल्ममा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद, तारा न्यौपानेको मुख्य सहायक निर्देशन, प्रवीण सिंहको नृत्य, सम्राट बस्नेतको द्वन्द्व र महेश पौडेलको छायांकन हुनेछ ।
फिल्ममा राजनराज सिवाकोटीको गीत संगीत रहनेछ । निर्माता अधिकारी नयाँ फिल्म ‘डलर एयुडी’ को तयारीमा छन् । यो फिल्मको छायांकन तिहारपछि सुरु हुनेछ । सन्तोष ‘घर’ र ‘आमा’का सहनिर्माता पनि हुन् । उनको नयाँ फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ । निर्देशक लामिछानेको फिल्म ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ ।
प्रतिक्रिया 4