
अहिलेको दुनियाँमा मानिसहरु व्यस्तता, महंगी तथा खर्चिलो जीवनशैली लगायतका कारणले थोरै भन्दा थोरै बच्चा जन्माउन चाहन्छन् । कतिपयले त बिहे नै नगर्ने वा बच्चा नै नजन्माउने विकल्प समेत रोज्छन् ।
तर अमेरिकाको न्युयोर्कमा भने एक महिलालाई एक दर्जन बच्चा जन्माएर पनि धित मरेको छैन । हाल एकल रहेकी ती महिला १२ जना बच्चाकी आमा हुँदाहुँदै पनि अझै बिहे गरेर थप सन्तान जन्माउने योजनामा छिन् ।
भेरोनिका मेरिट नामकी ती महिला सू रेडफोर्ड जस्तै २२ जना बच्चाकी आमा बन्न चाहन्छिन् ।
भेरोनिकाले १४ वर्षको उमेरमा नै पहिलो बच्चा जन्माएकी थिइन् । ३७ वर्षीया भेरोनिका सन् २०२१ मा आफ्नो दोश्रो पतिसँग छुट्टिइन् ।
दुई जना लोग्नेबाट गरी उनका कूल १२ जना बच्चा जन्मिसकेका छन् । अब उनले एकजना यस्तो पुरुषसँग बिहे गर्न चाहन्छिन् जसका पहिले नै कम्तिमा १० जना सन्तान होउन् । जसका कारण उनी २२ बच्चाकी आमा बन्न पाउनेछिन् ।
स्थानीय मिडियासँगको कुराकानीमा उनले भनेकी छिन्, ‘अरु थप बच्चा जन्माउन चाहन्छु त्यसैले पुनः पतिको खोजी गर्नेछु । तर मैले यस्तो पति चाहन्छु जसका पहिलेदेखि नै बच्चा होउन् । यदि १० जना बच्चा भएको कुनै पुरुष फेला पर्यो र हामीले आफ्नो विशाल परिवार बनाउन सक्यौं भने त्यो अति नै गज्जब हुनेछ । इमान्दारीपूर्वक भन्नुपर्दा म रोमाञ्चित हुनेछु ।’
बेलायतको सबैभन्दा ठूलो परिवार बनाउने इच्छा
भेरोनिकाको इच्छा भनेकै बेलायतको सबैभन्दा ठूलो परिवार खडा गर्नु हो । उनी भन्छिन्, ‘मलाई आफ्नो परिवार बढाउन मन पर्छ त्यसैले मलाई कुनैपनि संखयामा बच्चा जन्माउनमा कुनै समस्या हुनेछैन । मलाई वास्तवमा २२ सन्तानवाला सू रेडफोर्डको जस्तो परिवार देखेर इष्र्या लाग्छ ।’
उनी अगाडि भन्छिन्, ‘म निश्चित रुपमा कम्तिमा थप ६ जना बच्चा चाहन्छु । तर त्यो भन्दा धेरै भयो भने झनै राम्रो । यदि म एकै पटकमा ११ बच्चासाथ गर्भव्ती हुनसक्छु र ती सबै स्वस्थ हुन्छन् भन्ने ग्यारेन्टी हुन्छ भने मलार्य मेरो सरीर के होला भन्ने परवाह हुँदैन । मलाई एकजना डाक्टरले मजाकमै भनेका थिए कि म बच्चा जन्माउनकै लागि बनेकी हुँ र मैले यसलाई गम्भीर रुपमा लिएकी छु ।’
भलै आफ्नो लागि नयाँ लोग्नेको खोजी गरिरहेको भए पनि यो विषयमा कुनै पनि सम्झौता नगर्ने उनी बताउँछिन् । विगतमा आफुले बिहे गरेका पुरुषहरुले आफूलाई खुसी नराखेको र आफ्नो वैवाहिक जिवन निकै दुखपूर्ण रहेको भन्दै उनले अब निकै सोचविचार गरी जिवनसाथी छान्ने बताएकी छिन् ।
– एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4