+
+

काठमाडौं महानगरको कार्यकक्षमा स्तनपान कक्ष

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १८:४७

२९ भदौ,काठमाडौं । काठमाडौं महानगरपालिकामा स्तनपान कक्ष सञ्चालन भएको छ ।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कार्यालयमा उक्त कक्षको उद्घाटन गरेकी हुन् ।

महानगरको कार्यालय रहेको काठमाडौं प्लाजामा स्तनपान कक्ष सञ्चालनमा आएको हो ।

स्तनपान गराउनुपर्ने बच्चा भएका आमाको लागि उक्त कक्ष निर्माण गरेको महानगरपालिकाले जनाएको छ ।

कार्यालयमा कार्यरत कर्मचारीहरु बच्चा सहित कार्यालय आउँदा, स्तनपान गराउन पर्ने बच्चा सहित आउने सेवाग्राहीलाई समस्या पर्दै आएको थियो ।

कक्षमा बच्चको लागि खेलाउन गुडिया, पानी खुवाउने बोतल, दूधदानीलगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?