+

भारोत्तोलन खेलाडी सागरले पनि वर्ल्ड च्याम्पियनसिपमा बनाए राष्ट्रिय कीर्तिमान

२०८० भदौ  ३१ गते ११:५२ २०८० भदौ ३१ गते ११:५२
भारोत्तोलन खेलाडी सागरले पनि वर्ल्ड च्याम्पियनसिपमा बनाए राष्ट्रिय कीर्तिमान

३१ भदौ, काठमाडौं । नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले साउदी अरबको रियादमा जारी आईडब्लूए वर्ल्ड च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

उनले पुरुष १०९ केजी तौल समूहमा स्न्याच, क्लिन एण्ड जर्क र कुलमा गरी तीनवटा राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघले जनाएको छ ।

सागरले स्न्याचतर्फ १२८ केजी, क्लिन एण्ड जर्कमा १६३ केजी र समग्रमा २९१ केजी भार वहन गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

उनले यसअघि आफ्नै नाममा रहेको तीनवटै कीर्तिमान सुधार गरेका हुन् । यसअघि उनको नाममा स्नाचमा १२२, क्लिन एन्ड जर्कमा १६२ र कुलमा २८४ केजीको कीर्तिमान थियो ।

१६ वर्षपछि नेपालले वर्ल्ड भारोत्तोलन च्याम्पियनसिपमा भाग लिँदा ५ खेलाडीले सहभागिता जनाएका थिए ।

लामो समयपछि वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाएको नेपालका ५ खेलाडीले नै राष्ट्रिय कीर्तिमान सुधार गर्ने लक्ष्य राखेका थिए ।

तर पुरुषतर्फ सागरसहित विशालसिंह विष्टले ९६ केजीतर्फ र विकास भट्टले ८१ केजीतर्फ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

नेपालका महिला खेलाडीद्वय टिकामाया गुरुङ र शारदा चौधरीले भने राष्ट्रिय कीर्तिमान बनाउन सकेनन् ।

चीनमा १९औं एसियाली खेलकुदको तयारीमा रहेका खेलाडीले वर्ल्ड च्याम्पियनसिप खेल्ने मौका पाएका थिए ।

वर्ल्ड च्याम्पियनसिप खेलेका पाँचै खेलाडीले सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हान्झाउमा हुने १९औं एसियन गेम्समा पनि सहभागिता जनाउनेछन् ।

भारोत्तोलन सागर भण्डारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय