
३१ भदौ, काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने भएको छ ।
३० भदौमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
जसमध्ये हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाका लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभापछि सेयरधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4