+
+

एसिया कपमा श्रीलंकाको खराब सुरुवात, सिराजले लिए एकै ओभरमा ४ विकेट

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १६:३३

३१ भदौ, काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भिडन्तमा श्रीलंकाले खराब सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले चार ओभरभित्रै पाँच विकेट गुमाएको छ ।

भारतका लागि शानदार सुरुवात गर्न मोहम्मद सिराजले एकै ओभरमा चार विकेट लिएका छन् । उनले आफ्नो दोस्रो र टिमको चौथो ओभरमा चार विकेट लिएका हुन् ।

सिराजले चौथो ओभरको पहिलो, तेस्रो, चौथो र छैटौ ओभरमा विकेट लिए । भारतका लागि पहिलो विकेट जसप्रित बुम्राहले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?