
३१ भदौ, गोरखा । गर्भवती श्रीमतीलाई बैबाहिक जवरजस्ती करणी गरेको आरोपमा पालुङटार नगरपालिका-७ का एक व्यक्ति पक्राउ परेका छन् ।
गर्भवती अवस्थामा रहेकी श्रीमतीलाई ईच्छा विपरीत जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
भदौ २४ गते बिहान करिव पाँच बजेको समयमा आफूलाई धाकधम्की दिई गाली गलौज तथा कुटपिट समेत गरी जवरजस्ती करणी गरेको भन्दै पीडितले जाहेरी दिएपछि उनका श्रीमानलाई पक्राउ गरिएको डीएसपी रमेशकुमार श्रेष्ठले बताए ।
पक्राउ परेका व्यक्ति बिरुद्ध बैबाहिक जवरजस्ती करणी कसुर शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4